काठमाडौँ, १ चैत । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ५ जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-६ तिनचुली बुद्धभूमि टोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलान्चोक तिमाल गाउँपालिका-४ घर भएका ४७ वर्षीय कलम तामाङ समेत ५ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । उनीहरूलाई नगद ४० हजार ५ सय रुपैयाँ…