पानीको दुःखले बसाइँ सरेको गाउँ जब कुहिरो र सूर्योदय हेर्ने थलो बन्यो

तनहुँ, ६ कार्तिक । तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन्। बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन्। दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती…