२८५ किलो गाँजासहित तीन जना पक्राउ

काभ्रे, २२ माघ । काभ्रेको पनौतीबाट साढे २ क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार पनौती नगरपालिका–५ आईटि पार्कस्थित पनौती बनेपा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा २८५ किलो लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो । पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको…