अर्थमन्त्री महतले जानकारी गराए देशको आर्थिक अवस्था

काठमाडौ २७ मंसिर । अर्थमन्त्री प्रकाशशरण महतले देशको आर्थिक गतिविधि चलायमान भएको बताएका छन् । देशको आर्थिक अवस्थाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पूँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको वताए ।अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्चस्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश खुकुलो बनाउँदै लगिएको समेत उनले जानकारी गराए ।…