काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ भएको बताउनुभएको छ । नेपाल जनप्रशासन संघद्धारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरुबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारीता आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो । उहाँले…