पर्वत, २८ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकसित गरिने बताएका छन् । एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताए ।…