सेसेनको ११ सदस्यीय कार्यकारी समिति चयन

काठमाडौँ, २२ असोज । सोसाइटी अफ इलेक्ट्रोनिकस एण्ड कम्युनिकेशन ईन्जिनियर्स नेपाल (सेसेन)को सर्वसम्मत रुपमा ११औं नयाँ कार्यकारी समिति चयन गरिएको छ । सेसेनको एक विशेष कार्यक्रम आयोजना गरी ई. राजेश जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ई. मनेसलाल चुके, महासचिवमा डा. ई. शालिग्राम पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।…