काठमाडौँ, १ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुद्रा बलियो बनाउन अर्थतन्त्र बलियो बनाउनुपर्ने वताउनुभएको छ । एमालेको परराष्ट्र मामिला विभागले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको समसामयिक अन्तर्राष्ट्रिय विषयमा प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्र हरहिसावले सुदृढ बनाउनुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो– 'व्यापार सन्तुलन कायम गर्न निर्यात बढाउनुपर्छ, त्यसका…