संविधान संशोधन गर्न हतारिनु पर्ने अवस्था छैनः अध्यक्ष ओली

काठमाडौँ, २ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनमा हतारिन नपर्ने विचार व्यक्त गरेका छन् । दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालयमा आयोजित विचार गोष्ठीमा बोल्दै संविधान संशोधनका नाममा आयातित र प्रायोजित कुराहरू पनि देखिएकाले हतारिन नपर्ने धारणा राखेका हुन् । उनले दुई पटक संविधान संशोधन भएको र…