काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको जवाफ दिएका हुन् । उनले भने, ‘हामीले पहिलो वर्ष सुशासनको वर्षका रूपमा लिएका छौँ ।…