कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश

काठमाडौँ, ३ माघ  । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । कनौडिया यसअघि लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत थिए। आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले  बताएका…