कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौँ, १७ माघ । आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले संगठनलाई निर्वाचनमा प्रभावकारी  नतिजा ल्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने जानकारी दिए ।…