काठमाडौँ, २ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरी फछ्र्यौट गरेको छ । अख्तियारले गत आर्थिक वर्ष २०७९/८० मा उक्त उजुरीहरु फछ्र्यौट गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ बाट जिम्मेवारी सरेर आएका सात हजार १६२ समेत गरी कुल २७ हजार ५३० उजुरीहरु परेका थिए । परेका कुल…