आमाको नामबाट नागरिता लिन कठिनाइ

काठमाडौँ, १ साउन ।  नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको डेढ महिना बितिसक्दा पनि नियमावली तयार नभएकाले आमाको नाउँबाट नागरिकता दिनेलगायतका नागरिकतासम्बन्धी प्रावधानहरू कार्यान्वयनमा आएको छैन । नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको सो ऐन जेठ १७ गतेदेखि लागू भएको थियो । त्यसपछि सर्वोच्च अदालतले दुई सातासम्म कार्यान्यवयनमा रोक लगाएको थियो । असार ७ गतेपछि…