लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन : उपमहासचिव  ज्ञवाली

भक्तपुर, ४ पौष । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उनले उल्लेख गरे । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताए । उनले भने, “एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प…