राष्ट्रिय सभा सदस्य निर्वाचन : २०४७ जना मतदाता, कुल मतभार ५७ हजार ५५९

काठमाडौँ, ४ पौष । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका अनुसार स्वीकृत मतदाता दुई हजार ४७ जना रहेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।…