काठमाडौँ, ११ मंसिर । टोखा नगरपालिकाले चालुु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाले चालु चौमासिकका कामकारबाही, उपलब्धि र आगामी योजनाहरूको स्पष्ट प्रस्तुति राख्दै…