महाधिवेशनका लागि प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि म्याग्दीबाट प्रकाश पौडेल निर्विरोध प्रतिनिधि चयन भएका छन् । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा पराजित पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट प्रतिनिधि चयन भएका हुन् । विद्यार्थी राजनीतिबाट विदा लिएका पौडेल अहिले नेतृत्व परिवर्तनको पक्षमा वकालत गरिरहेका छन् । म्याग्दीबाट महिलातर्फ एशोदा रोका र थमसर पुन, उत्पीडित तर्फ खरमाया…