जब सांसदले बीचबीचमा प्रश्न गरिरहे

काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभा बैठकमा सोमबार सांसदहरूले धारणा राख्ने क्रममा आरोप प्रत्यारोपमै धेरै समय खर्चिए । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकलगायतका विषयमा प्रश्न उठाउँदै बैठक अवरोध गरेका थिए ।…