काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब परिचयपत्रका आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । आज मन्त्रालयले प्रेसविज्ञप्ति जारी गर्दै भनेको छ, ‘मन्त्रीस्तरकै मिति यही जेठ १९ गतेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने…