नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न सकिँदैन : महामन्त्री थापा

काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी पार्टी सभापतिले एकलौटी रूपमा निर्णय गर्दै आएको भन्दै अब एकलौटी निर्णयलाई नमान्ने बताएका हुन् । उनले रेशम चौधरीलाई आममाफी दिने,…