संक्रमणकालीन न्यायको विषय माओवादीको मात्र होइनः अध्यक्ष भट्टराई

पोखरा, १४ बैशाख । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्। बुधबार पोखरामा आयोजित एक कार्यक्रममा भट्टराईले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको बताए। त्यसकारण शान्ति प्रक्रिया…