टिप्परको तौल नलिइने, गृहको निर्देशनविपरीत निर्णय फिर्ता

काठमाडौँ, १३ बैशाख । सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने गरी भएको निर्णय व्यवसायीको दबाबमा पाँच दिन पनि टिक्न सकेन । आफैँले गरेको निर्णयबाट पछि हट्दै जिल्ला प्रशासन कार्यालय…