राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच शिष्टाचार भेटवार्ता भएको छ । रुसको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्नुस्सेन्कोबीच मस्कोमा शिष्टाचार भेट भएको हो । भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरूबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन,…