काठमाडौँ, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनता बलियो बनाउने गरी नेतृत्वको पुनर्गठनमा जोड दिएका छन् । बुधबारदेखि जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले मौखिक धारणा व्यक्त गरेका हुन् । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा बलियो नभएको उनले बताए । तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली मात्र बलियो…