एमालेद्वारा राष्ट्रपति निर्वाचनबारे सांसदलाई अभिमुखीकरण

काठमाडौँ, २२ फागुन । आसन्न राष्ट्रपति पदको निर्वाचनका विषयमा नेकपा (एमाले)का सांसदहरूलाई प्रशिक्षण दिइएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । राष्ट्रपति निर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अघि राष्ट्रपति निर्वाचनका मतदाता संघीय र प्रदेश सांसदलाई अभिमुखीकरण गरिएको हो…