काठमाडौँ, २४ फागुन । राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न भोलि बिहीबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित…