राष्ट्रपतिका लागि आ-आफ्नै ढंगले मत माग्दै ‘दुई चन्द्र’

काठमाडौँ, १९ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाउनुभएको छ । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उहाँहरूले आ–आफ्नै ढंगले मत मागिरहनुभएको छ । कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै…