काठमाडौँ, २८ माघ । राष्ट्रपतिको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । शीर्ष नेताबीच दिनहुँ ‘सामूहिक’ एवं ‘वान टु वान’ छलफल बढ्दै गइरहेको भए पनि सहमतिको मिलनबिन्दु भेटिएको छैन् । सत्तारूढका साथै प्रतिपक्षी दलका शीर्ष नेताबीच छलफल चलिरहेको छ । सत्ता साझेदार दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको…