काठमाडौँ, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गरे । रास्वपाले सरकार छाडेसँगै…