चितवन, २३ माघ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रेस स्वतन्त्रताविना लाेकतन्त्र पूर्ण नहुने बताउनुभएकाे छ । आज साेमवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै नेता काेइरालाले लोकतन्त्रविना विकास सम्भव नहुने भन्दै प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्त्वपूर्ण भएको बताउनुभयो । ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’, उहाँले भन्नुभयो, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने…