काठमाडौ २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै कांग्रेसले ढोक्सा थापेर गलत गरेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिमा आफूबाहेक अरुको नेतृत्वलाई स्वीकार्न नसकेर प्रतिपक्षमा पुगिसकेको कांग्रेसले सरकार गठन भइसकेपछि हठात् रूपमा विश्वासको मत दिएको बताए । उनले भने कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास…