प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । राजदूत पोलिट प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन् । भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।