नेपाली मौलिक चाडपर्वले समाजलाई एकताबद्ध बनाउँछः प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली मैलाकि चाडवर्पहरुले नेपाली समाजलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले कुमारी इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली मौलिक चाडपर्वले जातीय, भाषिक, सांस्कृतिक विविधता युक्त नेपाली समाजलाई एकताबद्ध बनाउने बताउनुभयो । उहाँले धर्म संस्कृति, चाडपर्वको संरक्षण र संवर्द्धन गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो…