लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रसुवा नाका

काठमाडौँ, ३१ भदौ । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रसुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै नाका बन्द गरेको थियो। नाका खुलेसँगै रसुवाबाट बिहीबार बिहानै सातवटा ठूला कन्टेनर सामान र तातोपानी नाकाबाट दुई कन्टेनर सामान…