पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था मिलाउन गृहमन्त्री खाँणको निर्देशन

गोरखा, ३० असार । गृहमन्त्री बालकृष्ण खाँणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले गृह प्रशासन, मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य र जिल्लाका सुरक्षा निकायलाई पहिरोबाट विस्थापितको उद्धारमा कमी हुन नदिन…