महँगो भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : सांसद पुन

काठमाडौँ, २१ जेठ । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ठुलो लगानी लाग्ने र अत्यन्तै महँगो हुने भएकाले नेपालले धेरै सङ्ख्यामा फरेन्सिक ल्याब (विधि विज्ञान प्रयोगशाला) बनाउन नसक्ने बताएका छन् । आज सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ माथिको छलफलमा भाग लिँदै…