काठमाडौँ, २२ चैत । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्याल र सभापति गगन थापाले लिखित जवाफ…