काठमाडौँ, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ । लामिछानेको निजी निवासमा शनिबार भेटवार्ता भएको हो । भेटवार्ताको मुख्य एजेन्डा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिमा केन्द्रित रहेको बुझिएको छ । रास्वपाले यसअघि नै डीपी अर्याललाई…