काठमाडौँ, ४ असार । नेकपा (एमाले)का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालकै कारणले विश्वयुद्ध निम्तने खतरा औल्याउनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी)मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा राख्नुभयो । अहिले विश्व राजनीति नै तरङ्गित बनेको अवस्था उहाँले उल्लेख गर्नुभयो…