गगन थापालाई महेश बस्नेतको काउण्टरः ब्रेक फेल भएको कांग्रेसलाई ठिक ठाउँमा ल्याउ

काठमाडौँ, १५ बैशाख । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई काउण्टर जवाफ दिनुभएको छ । महामन्त्री थापाले हिजो पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्युसन पढाउनु पर्ने भएकाले आफुले भ्याएको समयमा बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिनुभएको थियो । अध्यक्ष ओलीले केही…