निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै एमाले

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाको निर्वाचन घोषणा पत्र लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए । “हाल हामी जनवर्गीय सङ्गठनलगायत धेरैजसो क्षेत्रबाट आएका सुझावलाई…