जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई: सांसदहरुलाई काठमाडौँ नछोड्न निर्देशन

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौँ छाडेर नजान निर्देशन दिएको छ । त्यस्तै सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष महन्थ ठाकुरले निर्णय लिन सक्ने गरी जिम्मेवारी दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन…