काठमाडौँ, १८ चैत । नेकपा एमालेले संसदीय दलको नेता निर्वाचनबाट छान्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङको दाबी परेपछि चुनावको तयारी गरिएको सांसद राजेन्द्र कुमार राईले जानकारी दिए । नेकपा एमालेको संसदीय दलमा २५ सदस्य छन् ।