काठमाडौँ, २३ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार कलिला बालबालिकामाथि प्रहरीबाट निर्मम र अमानवीय कार्य भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले एक विज्ञप्ति जारी गरी त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा…