काठमाडौँ, १८ कार्तिक । नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ । बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ । निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ…