गुल्मी, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको छ । सिञ्जाली सोही वडाका वडासदस्य हुनुहुन्छ । उहाँलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने भएको…