काठमाडौँ, ३१ भदौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अराजकताले मुलुकलाई विघटनतिर लैजाने बताएका छन् । आज ललितपुरमा वनस्पति विभागद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘समाजमा असन्तुष्टि देखिएको छ, त्यसलाई बेलैमा व्यवस्थापन गरिएन भने अराजकता निम्त्याउँछ र अराजकताले मुलुकलाई विघटनतिर लैजान्छ ।’ जनताले सुशासन कायमहोस् भन्ने चाहेको र आफ्नो चाहना पूरा नहुँदा असन्तुष्टि बढेको बताउदै उनले…