काठमाडौँ, ११ असोज । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन् । आज प्रधानन्यायाधीश जबराले काठमाडौँमा दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा…