कास्की, २४ असार । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्ने बताएका छन । सोमबार कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै उनले प्रहरी अनुसन्धान टिमलाई अझैँ बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताएका छन् ।…